सिंहदरबारमा नवनिर्वाचित सांसदहरूको शपथ दौरा सुरुवाल र जातीय पोशाकले झल्कियो सांस्कृतिक विविधता

काठमाडौं बिहीबार — सिंहदरबारमा शपथ लिन पुगेका नवनिर्वाचित सांसदहरूको दृश्य यसपटक निकै रोचक र नौलो देखियो। शपथ ग्रहण कार्यक्रममा पुगेका अधिकांश पुरुष सांसदहरू परम्परागत दौरा–सुरुवालमा सजिएका देखिन्थे भने केही सांसदहरू आफ्नो जातीय पहिचान झल्किने पोशाक लगाएर उपस्थित भएका थिए।

नेपालको बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई झल्काउने यी दृश्यले शपथ ग्रहण कार्यक्रमलाई अझ विशेष बनाएको देखिन्थ्यो। आ–आफ्नो संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने पोशाकमा उपस्थित भएका सांसदहरूले संस्कृति मौलिकता र राष्ट्रिय पहिचानप्रति सम्मान प्रकट गरेको टिप्पणी पनि गरिएको छ्।

यही बीच सांसद रहबर अन्सारी भने विद्यार्थी पोशाकमै शपथ लिन पुगेका देखिए, जसले उपस्थित सबैको ध्यान तानेको थियो। सांसद अन्सारीको यो शैलीलाई कतिपयले युवा पहिचान र विद्यार्थी जीवनसँगको सम्बन्ध झल्काउने प्रतीकात्मक सन्देशका रूपमा पनि व्याख्या गरेका छन्। शपथ ग्रहण कार्यक्रममा विभिन्न पोशाकले नेपालको सांस्कृतिक विविधता र नयाँ राजनीतिक शैलीलाई समेत उजागर गरेको देखियो।

यस दृश्यले आधुनिक राजनीतिक अभ्याससँगै नेपालको सांस्कृतिक विविधता र मौलिक परम्परा जोगाइराख्ने सन्देश दिएको धेरैले बताएका छ