सिन्धुपाल्चोक–१ मा पुराना दलका करिब ६०० नेता कार्यकर्ता रासपा प्रवेश

जुगल सिन्धुपाल्चोक्।सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पुराना राजनीतिक दलका करिब ६०० जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) मा प्रवेश गरिएको छ्। सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मन्च ले काठमाडौ आयोजना गरिएको कार्यक्रममा पुरानो दल काग्रेस एमाले नेकपा परित्याग गरि लिला नेपाल जे पि सिल्वाल चिन लाल श्रेष्ठ बेनुदास श्रेष्ठ फुर्पा दोर्जे लामा जसमान स्याङबो लगायत का नेता कार्यकर्ता रासपा पार्टि प्रवेश गरिएको छ्।

कार्यक्रममा बोल्दै रासपा सम्बद्ध नेताहरूले देशमा वैकल्पिक राजनीति र सुशासनको माग बढ्दै गएको कारण नयाँ पुस्ता र परिवर्तन चाहने नागरिकहरू रासपातर्फ आकर्षित भइरहेको दाबी गरेका छन्। उनीहरूले पुराना राजनीतिक अभ्यासप्रति जनताको असन्तुष्टि बढ्दै गएको र त्यसको प्रतिफल स्वरूप नयाँ राजनीतिक शक्तिमा सहभागिता बढेको बताएका छन्।