मङ्सिर ४/ २०८२
सिन्धुपाल्चोक । जुगल गाउँपालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएका छन्। ४२ विधाका खेलकुद प्रतिस्पर्धामा १० वटा विद्यालयले सहभागिता जनाएका छन्।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित प्रतियोगिता वडा नं. १ मा रहेको सेलाङ माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य रूपमा प्रारम्भ भएका छन्।
उद्घाटन समारोहमा प्रमुख अतिथि जुगल गाउँपालिका प्रमुख रेशम स्याङबोले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठूलो योगदान पुर्याउने भएका छन् भन्दै खेलले शारीरिक तन्दुरुस्तीसँगै अनुशासन, आत्मविश्वास र क्षमताको विकास गर्न सहयोग पुर्याउने उल्लेख गरे। साथै उत्कृष्ट खेलाडीहरूको अभिलेख गाउँपालिकामा राखिने र आगामी दिनमा खेल क्षेत्रमा सक्रिय विद्यार्थीलाई प्राथमिकताका साथ आवश्यक सहयोग प्रदान गरिने भएको छ।

यस प्रतियोगिताको आयोजना जुगल गाउँपालिकाले गरेको भएको छ, भने व्यवस्थापन सेलाङ माध्यमिक विद्यालयले गरेको छ। कार्यक्रममा गाउँपालिका प्रमुख रेशम स्याङबो, उप–प्रमुख हिमाल श्रेष्ठ, वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको छ।
विद्यार्थीको उत्साहजनक सहभागिता रहेको खेलकुद प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएका छन् भनेर सेलाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक फिरोज सिलवालले जानकारी दिए।









