कात्तिक २८, २०८२
सिन्धुपाल्चोक । जुगल गाउँपालिका–३ की एक महिलाले कुवेतमा आत्महत्या गरेको खबर प्राप्त भएको छ। वैदेशिक रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी जुगलकी मीना नेपालीले आत्महत्या गरेको परिवार स्रोतले पुष्टि गरेको छ।
उनी दैनिक घरायसी कामका लागि कुवेत गएकी थिइन्। घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।








