२०८१ माघ १४
✍️जुगल न्युज
जुगल। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले तामाङ समुदायले मनाउने राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।
गाउँपालिकाले सुचना जारी गरि राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
मञ्जुश्री सम्वत् २८६१ डुल ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ तथा गैर तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष रेशम स्याङबो ले सो पर्वको अवसरमा गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताए ।








