महिला राष्ट्रिय बिच भलिबल को उपाधि कमला र मनिषा को जोडी लाई

२०८१ माघ ५
✍️ जुगल न्युज
सुकुटे/सिन्धुपाल्चोक। नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ।आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो ।

सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा कमला र मनिषाको जोडी २१-१९, २१-१० ले विजयी भएको हो।कमला र मनिषाको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेको थियो।