२०८१ पौष २०
✍️ जुगल न्युज
जुगल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुगल गाउँ पालिका पार्टी समितिको दोस्रो पालिका सम्मेलन माघ ३ गते जुगल ५ ढाँडेमा हुने भएको छ । प्रशिक्षण सहितको दोस्रो सम्मेलन हुने पदाधिकारी बैठक ले निर्णय गरेको प्रचारप्रसार समितीले जानकारी दिनुभयो ।
जुगल गाउँ पालिका कमिटी का अध्यक्ष ईश्वर गुभाजु को अध्यक्षता तथा माओवादी केन्द्रका युवा नेता माननीय माधव सापकोटा (सुबोध) को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । सम्मेलन का लागि प्रत्येक वडा बाट जम्मा संगठित सदस्य को दस प्रतिशात प्रतिनिधि ले बन्द सत्रमा भाग लिन पाउने भएको छ।
प्रशिक्षण सहितको दोस्रो सम्मेलन को उद्द्घाटन सत्र लाई सम्बोधन गर्नका लागि पार्टीका केन्द्रीय उपाध्यक्ष पुर्व सभामुख अग्नि प्रसाद सापकोटा (कन्चन) र बन्द सत्र माननीय माधव सापकोटा सुबोध को उपस्थिति हुने भएको छ।








