२०८१ पौष ११
✍️ जुगल न्युज
जुगल। सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगको जुगल गाउँ पालिका वडा २ प्युरगाङको आदर्श आधारभुत विद्यालयमा विद्यालयको वार्षिकोत्सब कार्यक्रम को अवसरमा विद्यालयमा अध्यनरत ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
युवा व्यवसायी नेकपा माओवादी केन्द्र जुगल काठमाडौ सम्पर्क मन्चका अध्यक्ष सहयोगी भावना धनी काजी सिलवालले व्यक्तिगत लगानीमा कुनै स्वार्थ नराखी आफ्नै वडा का विद्यार्थीहरु चिसो को कारण पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ट्याकसुट चिनो स्वरुप उपलब्ध गराएको बताउनु भएको छ।
कार्यक्रम को प्रमुख अथिती जुगल गाउँ पालिका अध्यक्ष रेशम स्याङ्बो ले विद्यार्थी हरु लाई न्यानो कपडा हस्तान्तरण गरिएको थियो। सहयोग को लागि काजी सिलवाल लाई विद्यालय परिवार र स्थानीय ले धन्यवाद सहित भव्य स्वागत गरिएको थियो।








