२०८१ कार्तिक २७
✍️ जुगल न्युज
जुगल। काठमाडौ बाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ ।
काठमाडौं सानो भर्याङको कम्फर्ट हाउजिङ बाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत हालको उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मनाङे आजै जेल चलन गरिने भएको छ।