२०८१ कार्तिक १०
✍️ जुगल न्युज
काठमाडौँ —नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा सम्पन्न गरेको छ । सरकारबाट भ्रष्टाचार र बेथितिको संरक्षण भएको भन्दै प्रमुख प्रतिपक्षी माओवादीले शनिबार भृकुटीमण्डपमा खबरदारी सभा गरेको हो ।
माओवादीको खबरदारी सभा पहिले सडकमा जुलुस प्रदर्शन गरिएको थियो ।सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत भयो सभालाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत का नेताहरुले सम्बोधन गरेका थिए।
माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्दै सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सिर्जना गरेको माओवादीको दाबी छ।