२०८१ असोज ३०
✍️ जुगल न्युज
जुगल। आज भन्दा करिब २ वर्ष अगाडि वैदेशिक रोजगार लागि इराक को बगदाद पुगेकी जुगल २ सिन्धुपाल्चोक कि सन्चमाई लोप्चन अफिस मालिकको कुटाइबाट मृत्यु भएको जानकारी प्राप्त भएको छ।
सन्चमाई काम गरि रहेको ठाउँ बाट भागेर पछि अफिस फर्केर जादा अफिस को मालिक को कुटाइबाट मृत्यु भएको भन्ने सुन्नमा आएको छ। सन्चमाई को आमाबुबा ले फुलपती को दिन ईराकमा छोरी को हत्या भएको खबर पाए। छोरीको किन कसरी हत्या गरिएको हो सत्यतथ्य छानबिन गरि लास नेपाल झिकाइ दोषी माथि कडा कार्वाही गर्न विभिन्न संघ संस्था मनाव अधिकार कर्मी हरु लाई पहल गरिदन अनुरोध गरेको छ।