विष्णु माझी को दशैं तिहारमा घर आउन नपाएको परदेशीको पीडा समेटिएको दशै गित सार्वजनिक

२०८१ असोज २३
✍️ जुगल न्युज

जुगल। चर्चित लोकदोहोरी गायिका विष्णु माझीले दशैंको गीत सार्वजनिक गरेकी छन् । तीजको बहुचर्चित गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक गरेको एक महिनापछि उनको नयाँ गीत बुधबार सार्वजनिक भएको हो ।

दशैं गीत ‘परदेशी मेरो परदेशी’मा शब्द र संगीत सुन्दरमणी अधिकारीको छ । यसमा माझी र अधिकारीको स्वर समावेश छ । गीतको भिडियोमा ललिता पौडेल र सुन्दरमणीको अभिनय छ । दशैं तिहार जस्ता पर्वमा घर आउन नपाएको परदेशीको विरहको कथा समेटिएको यो गीत मर्मस्पर्शी लाग्छ । १४ मिनेट लामो भिडियोलाई कथानक शैलीमा कम्पोज गरिएको छ ।

माझीको अघिल्लो गीत ‘आइन आमा यो तीजमा लाई १ करोड ९१ लाख पटक हेरिएको छ ।