२०८१ असोज १६
✍️जुगल न्युज
काठमाडौं। हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले संस्थालाई बलियो बनाएर लामो समय अगाडि बढाउनका लागि ट्रस्टी गर्न लागेको बताएका छ।
आगामी असोज १९ आयोजना गरिएको कार्यक्रममा सहभागी हुन कोरिया जापान अष्ट्रेलिया युरोप दुबई कलगायतका देश बाट प्रतिनिधि हरु काठमाडौ आईसकेको र आउने क्रममा जारी रहेको अध्यक्ष लामाले बताए ।
संस्थाको मूल उद्देश्य संसारमा रहेका सबै नेपालीहरुलाई एकतामा बाँध्ने रहेको बताइएको छ । संस्था राजनीति, धर्म जाति र वर्गबाट स्वतन्त्र संगठन रहेको पनि बताइएको छ ।
हामी नेपाली ग्लोबलको लैनचौर स्थित मल्ल होटलमा हुने कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गर्ने छनक।
हामी नेपाली ग्लोबल अहिले विभिन्न ४१ देशमा शाखा रहेको पनि बताइएको छ ।अक्टोबर ५ मा गठन हुने ट्रष्टीलाई विभिन्न देशमा रहेका शाखाबाट हुने कामको नियमन नियन्त्रण र कारबाही समेतको अधिकार हुने बताइएको छ ।
शिक्षा, स्वास्थ्य पर्यटन कृषि लगायतका क्षेत्रमा यस संस्थाले काम गरिरहेको बताएको छ । अध्यक्ष लामाका अनुसार नेपालमा २०७५ सालमा स्थापना भएको यस संस्थाले कोरोना महामारी भूकम्पलगायतका दैवी विपत्तिमा परेकाहरुको उद्दार र पुनर्स्थापनामा पनि योगदान पुर्याउदै आएको छ ।