जुगल याङलाकोट मा वडा स्तरीय भलिबल प्रतियोगिता हुने

२०८१ असोज ७
✍️जुगल न्युज
जुगल । जुगल गाउँ पालिका को वडा नम्बर ७ याङलाकोटमा आगामी असोज १७ गते देखि विजय दशमी २०८१ को अवसर पारेर हयाङगर सामाज उत्थान युवा समुहको को आयोजना मा जिल्ला व्यापी अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जुगल का व्यवसायी नेता खेली प्रेमी स्थानीय युवा हरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागेको हो ।

असोज १७,१८,१९ र २० गते सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँ पालिका र गाउँ पालिका बाहिर का वडाबाट एक-एक टिमले सहभागीता जनाउन सक्ने आयोजक ले जानकारी दिए। प्रतियोगिताको विजेताले ८० हजार उपविजेताले ५० हजार तथा तेस्रो हुने टिमले २५ हजार चौथो हुने टिमले १० हजार नगद पुरस्कार सगै बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने छ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ।