काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लब लाई

२०८१ असोज ५
✍️ जुगल न्युज
काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

माल्दिभ्सको मालेमा आज भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो क्लबलाई तीन-शून्यको सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

उषा भण्डारी, सरस्वती चौधरी सुमित्रा रेग्मी सम्मिलित पुलिस अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।