२०८१ भदौ ३१
✍️ जुगल न्युज
जुगल। जुगल गाउँपालिकाको वडा नं २ मा पर्ने जुगल भ्यु प्वाइन्ट गेगाङ मा सिन्दुर्चे बाट १५ मिनेटमा पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो। गेगाङ हिन्दु र बौद्ध दुवै धर्म को आस्था को केन्द्र हो।
गेगाङ समुद्री सतह बाट २५०० सय उचाइमा रहेको छ। गेगाङ आफैमा आग्लो रहेकोले यहाँ बाट जुगल गाउँ पालिकाको सबै वडा को बस्ती हरु जुगल हिम शृङ्खला छिमेकी पालिका हरु सदरमुकाम चौतारा सजिलै अवलोकन गर्न सकिन्छ।
चौतारा बाट करिब २५ किलो मिटर दुरिमा मात्र रहेको धर्मिक महत्त्व बोकेको गेगाङमा शुरुमा महादेव नै यहाँ बस्नु भएको पछि मनाव विकास क्रम सगै यो क्षेत्र अशुद्ध (डिप) भए पछि च्योच्यो डाँडा हुँदै पाँच पोखरी गोसाइँकुण्ड मा विस्थापित भएको किवदन्ती रहेको छ। पाँच पोखरी पुग्न नसक्ने ले अहिले पनि गेगाङ मा दर्शन गर्ने गरेको छ। गेगाङ आसपास थुप्रै धार्मिक महत्त्व बोकेको स्थान हरु रहेको छ। जुरेगाङ( चेनकी ग्याल्पो) च्योच्यो डाँडा (माफुङ सम्रुल देवा)पुर्व ढोका (डुपखाङ) रहेको छ।
पुर्व ढोका (डुप्खाङ) मा गहिरो गुफा रहेको छ। गुफा मा ढुङ्गा खासल्दा ढुङ्गा गुल्टिदै धेरै बेर पछि पोखरीमा खासेको आवाज सुनिन्छ। स्थानीय बुढापाका का अनुसार डुपखाङ को फेदिमा पोखरी रहेको डुपखाङ को पानी त्यहाँ बाट झण्डै दुई किलो मिटर तलतिर डुप्चे जहाँ अहिले गोल्चे बस्ती को खाने पानी मुहान छ त्यहाँ निस्केने भएकोले त्यो ठाउँ को नाम नै डुप्चे रहन गएको छ ।
डुपखाङ (पुर्वढोका)मा पहिला पुजा बत्ती बाल्ने गर्थ्यो अहिले पुजा गर्ने चलन हराउदै गयो पहिला लामो समय सम्म खडेरी लागेमा लामा गुरुले पुजा गरे पानी पर्ने सम्म को शक्ति डुपखाङको (पुर्वढोका) रहेको पहिले गेगाङमा पनि ठूलो पाँच पोखरी मा जस्तै पोखरी रहेको त्यो पोखरी मा स्थानीय मारेको लास जलाए पछि पोखरी सुकेको स्थानीय बुढापाकोले बताउँछन।
पछिल्लो समय जुगल गाउँ पालिका र हामी नेपाली ग्लोबल को समन्वय मा संरचना हरु निर्माणाधीन छ्न। यहाँ का पुर्वाधार निर्माण भइ सकेपछि यहाँ आउने जो कोहीको मन लोभ्याउने छ । मनोरम दृश्य अवलोकन मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो । मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको छ।
गेगाङ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ पर्यटकिय विकास लाई लक्षित गरी ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान प्रचारप्रसार गर्दै यसको विकासका लागि काम अघि बढेको छ। यस क्षेत्रमा व्यवसायिक लगानी सगै वाग्मती प्रदेश र जुगल गाउँ पालिका यस क्षेत्र को विकासलाई चासो दिएको छ ।
यस क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश एवं स्थानीय तह हामी नेपाली ग्लोबल को सहकार्यमा लाखौ बजेट विनियोजन गरी निर्माण को काम अगाडि बढेको छ।