जुगल २ गोल्चे (सिन्धुपाल्चोक) – यो चिटिक्क बस्ती लेकाली क्षेत्रको गोल्चे बस्ती हो। जुगल गाउँपालिका वडा नम्बर २ मा पर्ने यो गाउँ झन्डै १७०० मिटरको उचाइमा छ। झण्डै २७५ घर परिवार बस्ने यो गाउँको आसपासमा पुर्खाले निर्माण गरि राख्नु भएका लहारे म्हाने म्हानदाङ ककालिङ छ्योर्त्तेन बुद्ध को मुर्ति रहेको छ। पश्चिमतिर जुगल हिमशृंखला टलक्क टल्किएको छ। जुगल हिम शृङ्खला र धर्मिक संरचना ले गाउँको शोभा बढाएको छ।
भुकम्प अघि सेतो रातो माटो ले पोतेको ढुङ्गा कै गारो ढुङ्गाको छानो तामाङ पहिचान झल्किने घरहरु चिटिक्क थिए । बस्ती मुनि बस्ती ले गाउँको रक्षक को रुपमा मान्दै आएको मम सिप्ता (भुमेथान)रहेको छ। हिमाल छ्योर्तेन म्हानदाङ सबै को रंग सेता छन । यी सबै भलाकुसरीमा व्यस्त भए झैँ लाग्छ। शान्तिका कुरा गरिरहेका भान हुन्छ। टाँगिएका ध्वजापतकाले गाउँको सौन्दर्यतामा अझ निखारता ल्याएको छ। बाह्रैमास सिरिरी चल्ने सिरेटोमा फहराइरहने ध्वजापतकाले आगन्तुकलाई गाउँमा स्वागत गरिरहन्छन्। हिमालको काखमा बुद्धमूर्ति, बौद्धस्तुपा, फहराइरहने झण्डा ले गाउँको शृंगार अझ खुलाएको छ।
यो गाउँ विनासकारी भूकम्पले तहसनहस बनायो। घर ढाल्यो, बौद्धस्तुपा पनि भत्कायो। भूकम्प अघि यो गाउँ सुन्दर थियो। भुकम्प पछि पनि ती धार्मिक संरचना हरु बुद्धको मूर्ति लाहरे म्हाने ककालिङ स्थानीयले व्यक्तिगत लगानीमा पुनर्निर्माण गरिएको छ। सबैले पूजापाठ गर्न पाउँछन्। बौद्धमार्गी समुदाय मिलेर बस्न रुचाउँछन्। पहिले ढुंगा माटाका परम्परागत घर थिए। बदलामा भुकम्प प्रतिरोधात्मक बलिया सानो जास्ता पत्ता को स साना घर हरु ठडिएका छन्, त्यो पनि उस्तै आकार शैली र रंगमा।
भूकम्पले गाउँको चमकै फेरिदियो सुन्दर गाउँ तत्कालीन सेलाङ पाङताङ गुम्बा भोटेनाम्लाङ गाविसको बीचमा पर्ने यो गाउँलाई सदरमुकाम चौतारा जलविरे सडकले जोडिएको छ। यस गाउँ को आसपासमा रहेको वन जंगलमा गुराँस फुल्ने समयमा गुराँश फूल्दा गाउँ दुलही झैँ सिंगारिन्छ। यो गाउँमा स्थानीय होमस्टे (घरवास) सञ्चालनमा ल्याउन सके पर्यटकको रोजाइ मा पर्न सक्ने संभावना रहेको छ।