२०८१ भदौ २३
✍️ जुगल न्युज
काठमाडौं । तामाङ समुदायको साँस्कृतिक पहिचान बोकेको डम्फुको अस्तित्व बारे राजधानीमा ऐतिहासिक डम्फु साँझ २०८१ यहि आउदो असोज १२ गते आयोजना हुने भएको छ । ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ भन्ने नाराका साथ एक विशेष साँस्कृतिक कार्यक्रम सहित दोस्रोपटक डम्फु साँझको आयोजना गर्न लागिएको चर्चित सेलो गायक विश्व दोङले जनकारी दिए।
गायक दोङले तामाङ भाषा, कला, साहित्य संगै तामाङ समुदायको महत्वपूर्ण संस्कार र साँस्कृति प्रतीकको रुपमा चिनिएको डम्फुलाई संरक्षण र प्रर्वद्धनमा सहयोग पुर्याउन डाम्फु साँझको आयोजना गर्न लागिएको बताए । करिब दुई दशक लामो सांगीतिक यात्रामा आफुले डम्फु सेलोलाई मुख्य आधार बनाई सामाजिक सद्भाव र सहअस्तित्वको रुपमा सामाजिक रुपान्तरणमा कार्य गर्दै आएको स्मरण गराउँदै तामाङ कला, संस्कृति, संस्कारको संरक्षण र प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले डम्फु साँझको परिकल्पना सहितको अभियानको सुरुवात गरेको बताउनु भएको छ ।
यस कार्यक्रमलाई तामाङ समुदायको पहिचान र एकताको मञ्चको रूपमा लिइएको छ। यो साँझमा तामाङ संस्कृतिको विविध पक्षलाई उजागर गर्न विभिन्न प्रस्तुतिहरू गरिनेछन्। यसले तामाङ समुदायका कलाकारहरूलाई आफ्नो कला प्रदर्शन गर्ने मञ्च प्रदान गर्न मात्र नभएर, तामाङ भाषा, संस्कृति, र इतिहास प्रतिको गर्वको भावना उजागर गर्नेछ।कार्यक्रमको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नेछन्। यससँगै उपस्थित दर्शकहरूले तामाङ सभ्यता र सांस्कृतिक धरोहरबारे गहिरो जानकारी प्राप्त गर्ने अवसर पाउनेछन यो कार्यक्रम ले तामाङ समुदायको एकताको भावना सुदृढ गर्ने र सांस्कृतिक धरोहरको प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने आशा राखेका छ । डम्फु साँझमा गायक विश्व दोङ सुमिना लो लगायत का दर्जनौं गायक गायिका हरु को प्रस्तुति रहने भएको छ।