२०८१ श्रावण १२
जुगल सिन्धुपाल्चोक । गायक केवाङ तामाङ को प्रेम गित ‘आउदै छु’ सार्वजनिक भएको छ । जुगल गाउँ पालिका वडा ३ पाङर्पु निवासी केवाङ तामाङ को शब्द सृजना र स्वर रहेको गित ‘आउदै छु’सार्वजनिक भएको हो ।
परदेशिएका प्रेमी प्रेमिकाको प्रेममा आधारित उक्त गितमा केवाङ तामाङको शब्द स्वर तथा संगीत रहेको छ । उर्गेन दोङ ले एरेन्ज गरेको उक्त गितमा रबिन थापा मगर चाहना राना मगरको अभिनय रहेको छ । बन्दे प्रसाद को सम्पादन रहेको उक्त प्रेम गितमा निर्देशन जितु तामाङ को रहेको छ ।
रोजि रोटी को लागि परदेसिएका प्रेम सम्बन्धमा आउने उतार चढावलाई गितमा देखाइएको छ । केटा वैदेशिक रोजगारीका लागि परदेश जादा केटि परदेशिएका प्रेमी घर आउन लागेको खबर ले खुशी भएको ‘आउदै छु’गितको सृजना मा देखाइएको छ ।