२०८१ श्रावण १२
जुगल सिन्धुपाल्चोक । सिन्धुपाल्चोक को उत्तरी भेगमा गाइने तामाङ मौलिक भाका आसाना सार्दो खान्दोके सेलोको संरक्षण एवं प्रवर्द्धनका लागि तिप्लिङ मिडिया हाउस को आयोजनामा यही आउँदो श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा दिउँसो ठिक १ बजेदेखि हुने भएको छ।
यो कार्यक्रममा विशुद्ध तामाङ मौलिकतालाई राजधानीको मुटुमा पहिलो पटक आयोजना हुन लागेको गायक अस्मान लोप्चन बताउनु भएको छ। खान्दोके सेलोमा लामो समयदेखि निरन्तर योगदान दिँदै आएका लोप्चनको स्वरमा कार्यक्रम खान्दोकेमय हुन लागेको छ।
विशेषता सिन्धुपाल्चोकको अधिकांश तामाङ गाउँहरुमा गाइने आफ्नै मौलिक भाकाको रुपमा परिचीत छ खान्दोके सेलो । “आस्साना सार्दो मन परादो” बाट विशेष उठान गरिने सिन्धुपाल्चोकको मौलिक भाका भएतापनि यसलाई सुन्ने स्रोता हेर्ने दर्शकको संख्या दिनानुदिन विश्वभर फैलिदै गइरहेको छ। मौलिकता हाम्रो साझा सम्पति हो, हाम्रो शान हो, हाम्रो पहिचान हो। तसर्थ यसलाई जोगाउनु, पुस्तान्तरण गर्नु र प्रचारप्रसार गर्नु हामी सबैको साझा दायित्व हो भन्ने मुख्य भावना सहित डम्फु, टुंना, तामाङ भाषा र तामाङ भेषभुसा सहित गायक आस्मान लोप्चनको “खान्दोके सेलो विथ ब्याण्ड” हुन गइरहेको आयोजक टिमले जानकारी दिएको छ।
कार्यक्रमको संयोजक क्रान्ति योञ्जन हुन् भनें उद्घघोषक प्रीतम तामाङले गर्नेछन्। व्यवस्थापन टिमले यो एउटा मौलिकतालाई माया गर्नेहरुको साझा अभियान ठानेका छन्। यसकारण यो प्रयासलाई हातेमालो गर्दै अघि बढ्न नैतिक, भौतिक र आर्थिक रुपमा महत्वपुर्ण योगदान दिई रहेको ले कार्यक्रम भव्यता का साथ सम्पन्न हुने पुर्याउने आयोजक कमिटी का संयोजक क्रान्ती योन्जन ले बताएको छ।