युवा राजनीति र सहभागिता

नेपाली समाज विकासको चरणमा प्रवेश गरेको छ । तसर्थ यो समय विकासको चरण हो । हामीले विकास र समृद्धिका कुरा गरिरहर्दा युवा नेतृत्व र सहभागिताका बारेमा बहस, छलफल गर्न आवश्यक छ । ती बहसमा राजनीतिको महत्वपूर्ण भूमिका रहन्छ ।
वर्तमान समयमा युवावर्गलाई राजनैतिको मुल नेतृत्व प्रदान गरिनु पर्छ। भनेर दमित र असन्तुष्टका आवाजहरु निरन्तर आउने गर्छन् । तर नेपाली राजनीतिदलले कहिले पुस्ताहतान्तरण गर्ने हो त्यो समयको गर्भमा रहेको छ । किनकी नेपालका राजनैतिक नेतृत्व वर्गको क्रियाकलाप हेर्दा अपवाद बाहेक सक्भर मृत्यु पछि मात्र पद छाड्ने मनसाय हाम्रा नेतृत्वमा रहेको देखिन्छ । जसले गर्दा सम्भावना बोकेका कुशल युवाहरु राजनैतिक क्षेत्रबाट धेरै टाढा रहन बाध्य छन् ।अझ परिवर्तनका नारा बोकेर अगाडि आईरहेका नँया राजनीतिक पार्टीहरुको अलमल सत्ता मोहो र ढुलमुल पनले फेरि एक पटक युवाहरु झुक्किएको भान गरिसकेका छन, त्यस अर्थमा पनि मुलुका शक्तिशालि पार्टी जसले हिजो आज र भोलि देशको नेतृत्व गर्न सक्ने हैसियत मा छन् ति पार्टीले युवाको मनोभावन बुझ्न जरुरी छ। ती पार्टीहरुले युवाका आवाज बुझ्ने, बोक्ने र युवालाई कुशल मार्गदर्शन गर्दै अगाडि बढ्ने नेतृत्व ल्याउनु पर्ने देखिन्छ।
हामी भन्दा अघिको समयमा केके भयो । कसले के गरे भनेर आलोचना र दोष अरुलाई देखाएर चोखिनु भन्दा इतिहासको समिक्षा गर्दै युवा वर्ग अघि बढ्न जरुरी छ । अबका युवा पुस्ताले आग्रजको अनुभव र विज्ञको सल्लाह सुझावलाई औलाउँदै नेतृत्व लिने आट गर्नु पर्छ । हाम्रो पुस्ताले आउने पुस्तालाई विकसित,आत्मानिर्भर तथा समृद्धि नेपाल हस्तान्तरण गर्न जरुरी छ । तसर्थ हामीले आट नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने किनकी आज २१ औँ शताब्दीमा नेपाल र अरु राष्ट्र कहाँ छन मुल्यांकन गर्न जरुरी छ । के हामी युवाले राजनीति र नेतालाई गाली गरेर मात्र देश विकास हुँदैन । त्यसका लागि राजनैतिक रुपमा सहभागि हुन जरुरी छ । मतदाता र कार्यकता भन्दा माथि उठेर नेतृत्वमा सहि काम गर्न जरुरी छ।

त्यसका लागि हस्तक्षेपका माध्यमबाट नेतृत्वमा पुग्ने पुर्‍याउने आट गर्नुपर्छ । लाभका पद नपाउन्जेत युवा नेतृत्व भन्ने पाएपछि चुप लागेर बस्ने युवाहरुका बिरुद्ध पनि बोल्न जरुरी छ । युवालाई भविष्यका कर्णधार भनेर वर्तमानमा युवाको भविष्य माथि खेलवाड गर्ने अधिकार कोहिसँग पनि छैन । अब युवा भविष्यको कर्णधार भन्दा पनि वर्तमानको सझेदार बन्न सक्नु पर्छ । अब पुस्तान्तरण र युवा नेतृत्वका पार्टीमा संघर्षको विकल्प छैन् । नत्र हजारौ युवा नेताहरु कतिबेला वृद्धमा रुपान्तरण भैसकेका हुन्छन् स्वयम् उनीहरुलाई पनि थाहा हुँदैन् । तसर्थ युवालाई समाजिक रुपान्तरणका लागि सहयात्री बनाउने वतावरण निमार्ण गर्न जरुरी छ । एका तिर वर्तमानको राजनैतिक पद्धति बद्लिन जरुरी छ बने हामी युवा पनि राजनैतिक पद्धति बदल्न अग्रसर हुन जरुरी छ ।