बिश्व प्रसिद्ध ब्रान्ड केलमि को शोरुम भक्तपुरको राधे राधेमा युवा व्यवसायी ईश्वर गुभाजु ले संचालनमा ल्याएको छ ।
ब्यबसायिक हबका रुपमा बिकासहुँदै गएको भक्तपुरको राधे राधेमा सेवा ग्राही हरु को सुविधा लाई मध्यनजर गर्दै
अन्तराष्ट्रिय बिश्वबिख्यात स्पेनिस ब्रान्ड केलमि को आउटलेट औपचारिकरुपमा भक्तपुरको राधे राधे सिद्धार्थ बैकसँगै सन्चालन मा आएको संचालक गुभाजु ले जानकारी दिनु भएको छ।
सिन्धुपाल्चोक जुगल गाउँपालिकाको युवा व्यावसायि ईश्वर गुभाजु ले उक्त आउटलेट संचालन गरेका हुन् । राजनीति सगै सामाजिक कार्यमा समेत क्रियाशील युवा ब्याबसायि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ को सचीव सहकारी व्यावसायि समेत रहेका गुभाजु बिभिन्न सामाग्रीहरु आयात तथा निर्यात लगाएतका व्यवसायी गर्दै युवा अवस्था मै राम्रो प्लेटफार्म बनाउन सफल जुगल का सफल युवा ब्यबसायीका रुपमा समेत परिचित छन।