काठमाडौ । एलिजावेथ विश्वकै सबैभन्दा लामो शासन गर्ने राष्ट्रप्रमुख पनि बनेकी थिइन्। एलिजावेथ ७० वर्ष सात महिना सत्तामा रहिन्।केही समय यता बिरामी रहेकी महारानीको स्कटल्याण्डको बालमोरल दरबारमा ९६ वर्ष मा निधन भएको हो। सन् १९२६ को अप्रिल २१ जन्मेकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बनेकी थिइन्।
महारानी एलिजावेथको निधन लगत्तै राजकुमार चाल्स बेलायतको राजा बनेका छन्। अब राजा चाल्स तृतीयको आदेश अनुसार महारानी एलिजावेथको शव बालमोरल दरबारबाट बकिङ्घम दरबारमा सारिने छ।
दश दिनजतिको राष्ट्रिय शोक र श्रद्धाञ्जली कार्यक्रमपछि एलिजावेथको अन्तिम संस्कार गरिने छ। यो अवधिभर बेलायतमा संसद बैठक हरु देखि कुनै पनि सभा सम्मेलन, औपचारिक समारोह, खेल प्रतियोगिता तथा मनोरञ्नका कार्यक्रम नहुने बीबीसीले जनाएको छ। महारानी एलिजावेथका श्रीमान फिलिपको गत वर्ष अप्रिलमा निधन भएको थियो। महारानी एलिजावेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बने। महारानीको शासनकालको पहिलो प्रधानमन्त्री विस्न्टन चर्चिल थिएभने अन्तिम प्रधानमन्त्री लिज ट्रस बने।
महारानी एलिजावेथको निधन लगत्तै राजा बनेका चाल्सको औपचारिक गद्दी आरोहण कार्यक्रम भने शनिबार गरिने भएको छ।








