नयाँ वर्ष को आगमन सगै चर्चित गायक विशाल कल्तान को तामाङ प्रेम गित सिङ्बा सिङबा सार्वजनिक

नयाँ बर्ष को आगमन संगै गायक बिशाल काल्तान ले फेरि पनि दर्शक स्रोताहरु माझ तामाङ प्रेमगित ” सिङ्बा सिङ्बा ” बजारमा ल्याएका छन। तामाङ प्रेम गितमा एकलौटी राज गरिरहेका विशाल ले धेरै चर्चित तामाङ प्रेम गितहरु गाईसकेका छ्न। सिङबा सिङबा २०७८ सालको पहिलो गित हो । मायाको भाब समेटिए को यस गितमा बिशाल काल्तानलाई स्वरमा साथ दिएकि छिन अहिलेको चर्चित गायिका जितु लोप्चनले ।

गायक बिशाल काल्तानको आफ्नै शब्द र संगितमा रहेको यस गितलाई एरेन्ज चाद सिंले गरेका छन भने गितको मिक्सिङ भने दिपेश प्रधानले गरेका छन ।

अत्यन्तै सुन्दर ठाउँ हरुमा छयांकन गरेको यस गितको म्युजिक भिडियोको निर्देशन तामाङ चलचित्रका चर्चित नायक तथा निर्देशक अ्मिर दोङ्ले गरेका छन । गितको प्रस्तुतकर्ता समेत रहेका मोडल तथा समाजसेवि सागर मोक्तान र नेपालि फिल्मका चर्चित कलाकार मोडल रजनि गुरुङ को अभिनय यस गितमा रहेको छ । छयांकनमा अजय रेग्मि, कलरमा राजेन्द्र मोक्तान, मेकअप मा सिमा गुरुङ रहेको छन भने गितलाई दुच्छे म्युजिक क्रियसन युट्युब च्यानल बाट सार्वजनिक भएका छन ।