नायिका रोशनी ब्लोन को अभिनय रहेको तामाङ म्युजिक भिडियो “ए बिना” सार्वजनिक

२०७७ असोज २५
जुगल न्युज
जुगल- तामाङ लभ गीत “ए बिना ” सार्वजनिक भएको छ। गायक एंव संगीतकार निमा दोङ र जितु पूजा तामाङको आवाजमा रहेका तामाङ लभ गीत डम्फु मेडिया हाउसको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको हो ।

गायक एबं संगीतकार निमा दोङद्वारा शब्द संगीत गरेका यो गीतलाई अरु गीतहरुलाई जस्तै यो गीतले पनि दर्शकले मन पराउने र माया गर्नेमा बिश्वस्त छन गायक एबं संगितकार निमा दोङ । यो गीतलाई एरेन्ज चाँद सिंहले र र मिक्स गोबिन्द शाहीले गरेका हुन ।

भिडियोलाई छायांकन भिमबहादुर तामाङ, कलर सुर्य लामा र सम्पादन तथा निर्देशन अमिर दोङले गरेका हुन । मोडल रोश्नी ब्लोन र तुल्साङ मोक्तानको सशक्त अभिनय रहेका छन । यस म्युजिक भिडियोको कोरियोग्राफ भने युद्ध लामाले गरेका छन ।

यस म्युजिक भिडियोलाई हेरेर,माया गरेर, शेयर, कमेन्ट गरी सल्लाहा, सुझाब एबं प्रतिकृया दिन हुन मोडल तथा नायिका रोश्नी ब्लोनद्वारा आम दर्शक श्रोताहरुलाई हार्दिक अनुरोध समेत गरेकी छिन ।