तामाङ प्रेम गित एदा थुर्ला ङै युट्युव मा सार्वजनिक

तामाङ सांगीतीक आकाशमा एक किसिमको तामाङ प्रेम गीतको ट्रेन चलिरहेको यो माहोलमा पुन अर्काे दमदार तामाङ प्रेम एदा थुर्ला वोलको गीतको प्रवेश भएको छ ।  बौद्ध  स्थित के एफ सि क्याफेमा यस गीतको म्युजीक भिडीयो लन्च गरिएको हो । पछिल्लो समय भन्ने नै हो भने तामाङ सांगीतीक क्षेत्रमा तामाङ प्रेम गीत निकाल्ने एक किसिमको होडवाजी नै चलीरहेको यो माहोलमा एदा थुर्ला बोलको गीतले दर्शक ले कतिको  मन पराउनु हुन्छ त्यो भने हेर्न बाँकी रहेको छ ।
वर्षा थिङ्को प्रवेश संगै म्युजीक भिडीयो सुरुवात हुन्छ भने भिडीयोको सुरुवातमै वर्षाले प्रदिपलाई आफ्नो प्रेम प्रस्ताव राख्छ र प्रदिपले वर्षालाई आफ्नो मायाको वारेमा वताउदा गीतको सुरुवात हुन्छ । भिडीयोमा कुमार मोक्तान र प्रदिप मोक्तानको एउटै रोजाई हुन्छ सुजीना गोले, कुमारले सुजीनालाई धेरै माया गर्छ र आफ्नो वनाउछ पनि तर सुजीनाले भने प्रदिपलाई मन पराएको हामी देख्न सक्छौँ । अन्तमा सुजीनाले कुमारलाई छोडेर जाने निर्णय गर्छ कुमारले धेरै कोशीष पनि गर्छ रोक्नको लागी अन्तत सुजीना घर छोडेर जान्छ पनि र त्यसै समयमा कुमारको रोग वल्झीन्छ र भुईमा त्येसै ढल्छ र सुजीनाको ध्यान कुमार तर्फ जान्छ र कुमारलाई उठाउन खोज्छ कुमार उठ्दैन । त्येसै वखत आफ्नो प्रेमी प्रदिपको प्रवेश हुन्छ र प्रदिपलाई सुजीनाले आफु प्रदिपको हुन नसक्ने जनाउछ । प्रदिपले पनि दुवैको मायाँको लागी दुखी भएनी मन्द मुस्कान दिदै त्येहा वाट टाडीन्छ ।

सार्वजनीक म्युजीक भिडीयोमा चर्चीत गायक संगीतकार विशाल काल्तानको शब्द संगीत तथा स्वयम  विशाल काल्तान र गायीका जीतु लोप्चनको सुमधुर आवाज रहेको छ । यस गीतलाई दिपेश प्रधानले एरेन्ज गर्नु भएको छ । प्रतिक न्यासुरको निर्देशन तथा कोरीयोग्रफी रहेको यस म्युजीक भिडीयोमा कुमार मोक्तान, प्रदिप मोक्तान, सुजीना गोले वर्षा थिङको प्रमुख अभिनय रहेको छ । सुर्य लामाको सम्पादन तथा सिनेमाटोग्राफी, सुरेश घिसीङको ड्रोन सुट, जीग्मे मिडीयाको पोष्ट प्रोडक्सन गरीएको छ भने वव्लु गुरुङले यस भिडीयोलाई निमार्ण गर्नुभएको हो ।