Mongolian Heart Live in Temal.
Mongolian Heart performing live in Temal. Date: Kartik 3, 2075Time: 11:00 am onwards
Gepostet von Jigme Media am Donnerstag, 4. Oktober 2018
चर्चित गायक “राजु लामा” को सांगीतिक ब्याण्ड मङ्गोलियन हर्ट को २५ औं वसन्त पार गरेको उपलक्ष्यमा काभ्रेको ऐतिहासिक क्षेत्र तेमालको नारायण स्थानमा भब्य कन्सर्टको तयारी तिब्र रुपमा भैरहेको आयोजक तेमाल युथ सोसाइटी का अध्यक्ष अर्जुन लामाले भेटघाट कार्यक्रममा जानकारी गराए । उक्त भेटघाटमा गायक राजु लामा, बिश्व दोङ, बबि लामा, जिग्मे मिडियाका सुर्य लामा, साथै तेमाल युथ सोसाइटीका सम्पूर्ण सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको लागि “मङ्गोलियन हर्ट” ब्याण्ड आफ्नो सांगीतिक प्रस्तुतिका लागि आफ्नो सम्पुर्ण ब्याण्ड मेम्बर सहित कार्तिक २ गते नै तेमाल प्रस्थान गर्ने भएको छ । यसै कार्यक्रममा तेमालकै चर्चित गायक / संगितकार विश्व दोङ लगायतका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले गोल्चे सन्चारलाई जानकारी गराएका छन् ।
कार्यक्रम भब्य सभ्य र ब्यबस्थित हुनेमा कुनै कसर बाँकी नराख्ने साथै आयोजकका अनुसार काभ्रे तेमाल वरपरका राजु लामा मङ्गोलियन हर्ट ब्याण्डको शुभ चिन्तकहरुको उल्लेखनीय उपस्थित रहने आयोजकको दावी छ । कार्यक्रम स्थल तेमालको नारायण स्थान भन्ने ठाउँ काठमाडौ देखि धुलिखेलबाट बिपि राजमार्ग भकुण्डे हुँदै तेमाल पुग्न लगभग ६५ कि.मि. (२ घण्टा)को यात्रामा पुग्न सकिने छ ।
यो सांगीतिक कार्यक्रम आफैमा एक ऐतिहासिक भएकोले यस कार्यक्रममा उपस्थित भै भरपुर मनोरञ्जन लिन आयोजकले सबैमा अह्वान गरिएको छ ।








